काठमाण्डौं । दैलेख सेवा समाज काठमाण्डौंको आयोजनामा भएको एक कार्यक्रममा समाजसेवी रत्नबहादुर थापा सम्मानित भएका छन् । उनलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
सोमबार आयोजित एक कार्यक्रममा विपन्नका लागि स्वास्थ्य नेपाल नामक संस्थाका अध्यक्ष समेत रहेका थापालाई ग्रामीण समुदायको सामाजिक आर्थिक शैक्षिक स्वास्थ्य सेवाका क्षेत्रमा पछाडि पारिएका जाति जनजाति उत्पीडित महिला तथा लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि स्वास्थ्य सेवाका माध्यमबाट पुर्याएको योगदानको मुल्याङकन गर्दै सम्मान पत्र सहित सम्मान गरेको हो ।
सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष प्रताप शाही समेतले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
पहाडी जिल्ला ओखलढुङ्गाको गाम्नाङटारमा जन्मेका रत्नबहादुर थापा विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष हुन् । विपन्नका लागि स्वास्थ्य नेपालले खासगरी मुटुरोग र बालबालिकासँग समस्यालाई साथ, सहयोग र समन्वय गरिदिने काम गर्छ । थापा बिरामीको स्वास्थ्य उपचार र बिरामीहरूका लागि आवश्यक सहयोगको खोजीमा निक्कै व्यस्त हुन्छन् ।
कुनै पेशा व्यवसायमा भन्दा पनि थापा सामाजिक सेवाका काममा समर्पित भएर लागेका छन् । उनी र उनको संस्थाले मुटुरोग के हो रु किन र यस्ता समस्याबाट कसरी बच्ने जस्ता उपायका बारेमा जनचेतना जागृत गर्ने काम गर्दै आएको छ । समस्यामा परेकाहरूलाई उपचारको प्रबन्ध मिलाउने काममा व्यस्त हुन्छन् ।
विभिन्न संघ संस्था र निकायको समन्वयमा विशेषज्ञ डाक्टर सहितको हेल्थ क्याम्प राख्छन् र बिरामीहरूको पहिचान गरी सम्बन्धित निकायमा रेफर गर्छन् र पहुँच सृजना गर्छन् । उनले गर्ने यस्ता काममा स्थानीय निकाय प्रदेश सहित केन्द्र सरकारको पूर्ण साथ र सहयोग गरेको छ भने थुप्रै संघ संस्थाहरुले उनको कामको मुल्याङकन गर्दै सम्मान र प्रशंसा गरेका छन् ।
नेपालमा नसर्ने रोगबारे जनचेतना जगाउने देखि खानपिन र आचरणमा सुध्दताको बारेमा सचेतना जागृत गर्ने काम उनीहरूको संस्थाले गर्दै आएको छ ।
तपाईको बिचार