रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

719

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध पुस ५ गते सरकारी वकिल कार्यालयले अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले थप ४ दिनको अनुमति लिएको हो ।

सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । काठमाडौंबाट कार्तिक २ गते पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

तपाईको बिचार

सम्बन्धित खबर