भारतसँग अंक बाँडेको नेपाल समूह विजेता

भारतसँग अंक बाँडेको नेपाल समूह विजेता

699

काठमाडौं । मलेसियामा जारी एसीसी यू(१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक(एक अंक बाडेका छन् ।

योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर