एकीकृत समाजवादीको कार्ययोजना- ‘आन्दोलनद्वारा पार्टी निर्माण’

एकीकृत समाजवादीको कार्ययोजना- ‘आन्दोलनद्वारा पार्टी निर्माण’

808

काठमाडौं । नेकपा ( एकीकृत समाजवादीसको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित भएको छ । शुक्रबारदेखि जारी स्थायी कमिटी बैठकले उक्त कार्ययोजना पारित गरेको महासचिव घनश्याम भुसालले बताए । पार्टीको आज बस्ने बैठकले केन्द्रीय पदाधिकारी र नेताहरूको कार्यविभाजन गर्ने बताईएको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले राष्ट्रिय एजेण्डामा सहकार्य गर्न तयार रहेपनि अहिले कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए ।

उपाध्यक्ष खतिवडाले जनताको घर घरबाटै जनसंघषकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर घरमा जानेसहितको निर्णय हुने जानकारी दिए ।

कार्ययाेजनाकाे पूर्ण पाठ

तपाईको बिचार

सम्बन्धित खबर