आज सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थिर

आज सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थिर

665

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँ बढेर १ लाख ५१ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर