काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किङ्सले काठमाडौं गुखार्जसामू ११८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफलत तयार पार्यो ।
विराटनगरका लागि सातौं नम्बरका ब्याटर राजेश पुलामी मगरले २१ बलमा समान एक चौका र छक्कासहित २५ रन बनाए । त्यस्तै ओपनर दीपक बोहराले २४ बलमा दुई चौकासहित सर्वाधिक २० रन जोड्दा चौथो नम्बरका ब्याटर स्कट एडवार्डले १५ र पाँचौं नम्बरका वसीर अहमदले १३ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याटर निकोलनस किर्टोनले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विराटनगरलाई कम रनमा रोक्न जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिँदै सर्वाधिक चार विकेट लिए । त्यस्तै दीपेश कँडेलले दुई विकेट लिँदा साहव आलम, करण केसी र डानियल डाउथवेटको नाममा एक विकेट रह्यो ।
तपाईको बिचार