नवलपरासी । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान अहिलेकाे आवश्यक्ता सिपयुक्त शिक्षा भएकाे बताउनुभएकाे छ । शनिबार कावासाेतीमा रहेकाे श्री शिव माध्यमिक विद्यालयकाे स्वर्ण महाेत्सव समाराेहमा सम्बाेधन गर्दै उहाँले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै सिपकाे सर्टीफिकेट पनि दिन सक्नुपर्ने बताउनुभयाे ।
गुणस्तरीय र सिपयुक्त शिक्षा दिन सके असल, सक्षम र स्वावलम्बी नागरिक उत्पादन हुने भन्दै अब त्यसतर्फ ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।
देशकाे दिशालाई सकारात्मक बाटाेमा लैजान विशेषगरि माध्यमिक तहकाे शिक्षामै बढी ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयाे ।
` शैक्षिक गुणस्तर सँगसँगै समयकाे मागबमाेजिम सक्षम नागरिक बनाउनका लागि सिप सिकाउन लाग्याैं भने राम्राे हुन्छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,`विद्यालय तहकाे शिक्षा गुणस्तरीय बनाउन सक्याैं भने देशकाे दिशालाई सकारात्मक बाटाेमा लैजान सक्छाैं । यसमा सबैभन्दा बढी जाेड दिनुपर्छ ।´ उहाँले विद्यालयकाे अध्ययन सकेर विद्यार्थी बाहिर जाँदा आफ्नाे जीवन आफै चलाउन सक्ने सक्षम नागरिक उत्पादन गर्न लाग्नुपर्नेमा जाेड दिनुभयाे ।
त्यस्तै उपप्रधानमन्त्री सिंह शनिवार नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) जिल्ला कार्यसमितिले आयाेजना गरेकाे पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागि हुनुभयाे । साे क्रममा उहाँले पार्टीलाई बलियाे बनाउन पार्टी संगठन विधि र नियमअनुसार चलाउनुपर्ने बताउनुभयाे । कांग्रेस पूर्वमहामन्त्री समेत रहिसक्नुभएका सिंहले पार्टीभित्र मतभेद भएपनि कांग्रेसकाे नीति , विचार, सिद्धान्तलाई जनतामा पुर्याउनका लागि कांग्रेसलाई केन्द्रमा राखेर साेच्न आग्रह गर्नुभयाे । आदर्शकाे कुरा गरेर नहुने भन्दै उहाँले संगठनभित्र समस्याकाे पहिचान गरि व्यवहारिक भएर समाधान खाेज्नुपर्नेमा जाेड दिनुभयाे ।
संगठनकै बलमा पार्टीबाट वडा सदस्य देखि मन्त्रीसम्म जनप्रतिनिधि बनेकाे भन्दै उहाँले जनप्रतिनिधिहरूले पनि संगठनमा ध्यान दिनुपर्ने बताउनुभयाे । उहाँले नमूना सदरमुकामकाे विषयमा आफूले शहरी विकास मन्त्रालयकाे नेतृत्व लिएपछि काम अघि बढाइरहेकाे पनि जानकारी गराउनुभयाे ।
तपाईको बिचार