पोखराविरुद्ध काठमाडौंको सहज जित, प्लेअफ सम्भावना बलियो

पोखराविरुद्ध काठमाडौंको सहज जित, प्लेअफ सम्भावना बलियो

707

काठमाडौं । काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।

जितसँगै काठमाडौंले ६ खेलमा आठ अंक जोडेको छ । पराजित पोखराको समान खेलबाट चार अंक छ ।पोखराका लागि स्टेफन स्किनाजीले ६०, माइकल लेभिटले ३२, जेरार्ड इरास्मसले अविजित २५ र भीम सार्कीले २२ रन बनाए ।

काठमाडौंका लागि विपिन खत्रीले तीन र माइकल लिस्कले एक विकेट लिए ।

छैटौं ओभरको तेस्रो बलमा विपिन खत्रीले माइकल लेभिटलाई विकेटकिपर आन्द्रेस गौसबाट स्ट्याम्पिङ गराए उनले १८ बलमा ६ चौका र एक छक्काको मद्दतले ३२ रन बनाए ।
भीम सार्की १२औं ओभरको चौथो बलमा पेभेलियन फर्किए । २० बलमा समान एक चौका र छक्काको मद्दतले २२ रन बनाएका उनलाई माइकल लिस्कले गौसबाट क्याच गराए ।

स्टेफन स्किनाजी १३औं ओभरको पहिलो बलमा ६० रन बनाएर पेभेलियन फर्किए । ३४ बलमा १० चौका प्रहार गरेका उनलाई विपिनले एलबिडब्ल्युको धरापमा पारे ।
सोही ओभरको अन्तिम बलमा कप्तान करण केसीलाई विपिनले गौसबाट स्ट्याम्पिङ गराए । उनले एक रनमात्रै बनाउ सके ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्यो ।

पोखराका लागि रामोन रिफले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले अविजित ४१, दिनेश खरेलले ३८ र दिलिप नाथले २७ रन बनाए ।

तपाईको बिचार

सम्बन्धित खबर