काठमाडौं । कप्तान रोहितकुमार पौडे र साद बिन जाफरको शतकिय साझेदारीप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको पहिलो खेलमो चितवन राइनोजसामू १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि रोहितले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।
तपाईको बिचार