राष्ट्रिय सभा सदस्य निर्वाचन पछि संविधान संशाेधन : महासचिव पोखरेल

राष्ट्रिय सभा सदस्य निर्वाचन पछि संविधान संशाेधन : महासचिव पोखरेल

752

दाङ । नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले संविधान संशाेधनकाे काम डेढ बर्षपछि हुने राष्ट्रिय सभा सदस्यकाे निर्वाचन पछि अघि बढ्ने बताउनु भएको छ।

दाङकाे लमहीमा आइतबार नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयाेजना गरेकाे पार्टी कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै महासचिव पाेख्रेलले संविधान संशाेधनकाे काम उचित समयमा सुरु गरिने बताउनु भयाे ।

 हामी दुईटा राजनीतिक दल मिल्नुकाे कारण सरकार मात्रै हाेइन । राजनीतिक स्थायित्वकाे आधार तयार गर्न संविधान र कानुनमा सुधार गर्नेगरी दुई ठूला दलकाे विचमा समिकरण बनेकाे हाे´उहाँले भन्नुभयाे-`राष्ट्रिय सभामा हाम्राे पक्षकाे दुई तिहाइ छैन । दुई तिहाइ नपुग्दा सम्म संविधान संशोधनकाे एजेन्डा अघि बढ्न सक्दैन । संविधान संशोधनकाे बिषयमा माअाेवादी संग कुरा मिल्ने स्थिति छैन । डेढ बर्ष पछाडि राष्ट्रिय सभाकाे निर्वाचनपछि त्यहाँकाे संरचना बदलिन्छ, त्यसपछि संविधान संशाेधनकाे प्रक्रिया अघि बढ्छ ।´

महासचिव पाेख्रेलले एमालेलाई आगामी ८४ काे निर्वाचनमा बलियाे राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिले देखिनै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिनुभयाे । उहाँले अहिले ठूला दुई दलकाे विचमा भएको समिकरणले मिलेर चुनाव लड्ने नभइ एक्लाएक्लै प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताउनु भयाे । हालसालै सम्पन्न उप-निर्वाचनमा रुकम पूर्वमा भएको जुन प्रकारकाे तालमेल सहि नभएको भनाइ महासचिव पाेख्रेलकाे छ ।`अहिले हामी कांग्रेस संग मिलेका छाैं । तर, चुनावकाे बेलामा हामी एक्लाएक्लै लड्ने हाे । अब पूर्वि रुकुममा साथिहरुले के गरे, एमालेकाे उम्मेदवार कांग्रेसकाे चुनाव चिन्हमा लड्ने कुरा गल्तीनै हाे । त्यसाे गर्नुहुदैन्थ्याे । ठाउँ बिशेषमा तालमेल गर्ने कुरा स्थानीय बिशेषताकाे आधारमा हुन पनि सक्ला । तर, आफ्नाे, आफ्नो चुनाव चिन्हमा लड्नुपर्दछ´उहाँले भन्नुभयाे-´ एमाले-कांग्रेस जस्ता पार्टी अर्काकाे चुनाव चिह्नमा आफ्ना उम्मेदवार खडागर्ने कुरा चाहिँ उचित कुरा हाेइन । त्याे गलत कुरानै हाे । वास्तवमा त्यहाँका साथिहरुले गल्ती गरेका हुन । त्याे गल्तीलाई पार्टीले आलाेचना गरेकाे छ । भबिस्यमा यसप्रकारकाे काम हुने छैन ।´

उप-निर्वाचनकाे नतिजाले एमालेलाई कमजाेर नभइ थप सुदृढ बनाएको दावी उहाँकाे छ । यस्तै उनले पार्टी नेतृत्वका बिरुद्धमा भइरहेका कुप्रचारका बिरुद्ध दृढतापूर्वक उभिन आह्वान गर्नु भएको छ।`भ्रमपूर्ण सूचनालाई हाे कि हाे कि भन्नेर बस्ने कि सत्य तथ्य पत्ता लगाउन अघि बढ्ने´उहाँले भन्नुभयाे-`जे जति कुराहरु प्रचार गरिएका छन ती सबै भ्रमपूर्ण हुन । कागले कान लग्याे भनेर कागपछि दाैडने कि पहिला कान छाेप्ने । पहिला त कान छाेप्नुपर्ला नि ।´

गिरिबन्धु टि स्ट्रेट, कम्बाेडियामा लगानीका बिषयहरुमा भ्रमछर्नेहरु अहिले समस्यामा परेकाे भन्दै उहाँले भ्रमकाे खेति गर्नेहरुलाइ कानुनले दण्डित गर्ने समेत बताउनु भयाे । एमालेलाई कमजाेर बनाउदा आफुहरु स्थापित हुन सकिन्छ भन्नेगरी स्वतन्त्र भन्नेहरुले भ्रमकाे खेती सुरु गरेकाे टिप्पणी उहाँकाे छ।`षड्यन्त्रबाट आत्तिने हाेइन, सामना गर्ने हाे । याे पार्टी कमजाेर हुने वाला छैन । विकास र समृद्धिकाे नेतृत्व गर्ने यहि पार्टी हाे´उहाँले भन्नुभयाे ।

तपाईको बिचार