कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

707

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर २४ गते बिहान ९ बजे बूढानीलकण्ठस्थित निवासमा बस्ने गरी सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ। मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचन समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ। स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले १९ स्थानमा जितेको थियो।केन्द्रीय समिति बस्न नसक्ने अवस्थामा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्ने गर्छ। कार्यसम्पादन समितिमा वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरू छन्।

तपाईको बिचार