काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ । शुक्रबार किर्तिपुरस्थित टीययू क्रिकेट मैदानमा लुम्बिनी लायन्सलाई १० विकेट पराजित गर्दै पहिलो जीत हात पारेको हो ।
लुम्बिनीले दिएको १७१ रनको लक्ष पोखराले १६ ओभर ५ वलमा कुनै पनि विकेट नगुमाई पुरा गर्यो । पोखराको सानदार जीतमा आन्द्रेज गौसले अविजित सतक पार गरे । उनले ५४ वलमा ५ छक्का र १२ चौका प्रहार गर्दै १०४ रन बनाए ।
त्यस्तै, दिनेश खरेल पनि ६१ रनमा नटआउट रहे । उनले ४६ वलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।
आफ्नो तेस्रो खेलमा पहिलो जीत निकाल्दै पोखराले २ अंक जोडेको छ । यस अघि पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा जनकपुर गोल्स ७ विकेटले पराजित भएको थियो ।
त्यसअघि टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।
अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके । अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भए ।
यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे । रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे ।
तपाईको बिचार