बाबुराम भट्टराईले कास्की पुगेर रवि लामिछानेलाई भेटे

बाबुराम भट्टराईले कास्की पुगेर रवि लामिछानेलाई भेटे

588

काठमाडौं । प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई कास्की पुगेका छन् ।

लामिछानेलाई बुधबार मध्यराति चितवनबाट कास्की पुर्याइएको थियो । हिरासतमा रहेका लामिछानेको अवस्थाबारे जानकारी लिन बाबुराम कास्की पुगेको बताइएको छ ।

रास्वपा नेता दीपक बोहराका अनुसार आज बिहान डा. भट्टराई लामिछानेलाई भेट्न कास्की जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार