काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीले बैठक यहि मंसिर २६ र २७ गते बस्ने गरी बैठक बोलाएको हो । उपमहासचिव राजकुमार भट्टराईले दुई दिन बस्नेगरी बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा, नेताहरूको कार्य विभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । असारमा महाधिवेशन गरेको नेकपा एसले अझै नेताहरूको कार्य विभाजन टुंग्याउन सकेको छैन ।
विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्नको लागि अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल नै बनाएर काम गरिरहे पनि सहमति जुट्न सकेको छैन ।
तपाईको बिचार