काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी पुस १९ र २० गते पोखरामा हुने भएको छ।
पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालका अनुसार अधिवेशनलाई भव्य र सफल बनाउन गण्डकी प्रदेश कमिटी, सबै उपसमितिहरू र सम्पूर्ण पार्टी सदस्यहरूले सक्रिय भूमिका खेलिरहेका छन्।
सचिव बरालले अधिवेशनलाई ऐतिहासिक बनाउने लक्ष्यका साथ पार्टी सदस्यहरूबीच एकता र सहकार्यको आवश्यकता औँल्याउँदै सबैलाई आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गरे ।
अधिवेशन सम्पन्न गर्न केन्द्रिय सचिव एवं गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ । सचिव बरालका अनुसार भेलाले अधिवेशन सफल पार्न विभिन्न १० वटा उपसमितिहरू समेत गठन गरिएको छ ।
यसरी गठन गरिएका उप समितिहरूमा श्रीनाथ बरालको संयोजकत्वमा प्रतिवेदन लेखन उप समिति, पोलिटब्युरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जन परिचालन उप समिति, केन्द्रिय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप समिति केन्द्रिय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उप समिति रहेका छन् ।
त्यसै गरि केन्द्रिय सदस्य शर्मिला देवी पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, नवराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, खड्ग हमालको संयोजकत्वमा खाना खाजा व्यवस्थापन उपसमिति, उदय सुवेदीको संयोजकत्वमा निर्वाचन उप समिति, मुक्ति पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उप समिति र ठाकुर शर्माको संयोजकत्वमा स्वयंसेवक परिचालन उप समिति गठन गरिएको बरालले जानकारी दिए ।
प्रदेश अधिवेशनका लागि ५० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको र अधिवेशनमा करिव ४ सय ५० प्रतिनिधि सहभागि रहने बताईएको छ । शनिवार पार्टीका गण्डकी प्रदेशमा रहेका पदाधिकारी, पोलिटब्युरो सदस्य र केन्द्रिय कमिटीका सदस्यहरूको बैठकले १० वटा उप समितिहरूलाई पूर्णता दिएको साथै सिङ्गो प्रदेश कमिटी , विभिन्न उप समितिहरू प्रदेश अधिवेशनमा जुटेको बरालले बताए ।
यस अधिवेशनले गण्डकी प्रदेशमा पार्टी सङ्गठनलाई थप सुदृढ गर्न, भावी रणनीति तय गर्न, र जनस्तरमा पार्टीको प्रभाव विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
तपाईको बिचार