एनपीएल चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

एनपीएल चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

653

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको छ ।

चितवनका लागि रवि वोपराले ५१ रनको अर्धसतकीय इनिङ्स खेले । खेलमा कप्तान कुशल मल्लले ३८ रन बनाए । चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो । यता पहिलो खेलको पोखरा सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो । चितवन लगातार दोस्रो जितको खोजीमा छ ।

तपाईको बिचार