एनपीएलमा ‘सट्टेबाजी’ को आशंकामा २ भारतीय नागरिक सहित ४ पक्राउ

एनपीएलमा ‘सट्टेबाजी’ को आशंकामा २ भारतीय नागरिक सहित ४ पक्राउ

577

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले २ भारतीय नागरिक सहित चार जनालाई पक्राउ गरेको छ । सोमबार पक्राउ परेका भारतीय नागरिक सुमन घोस् र अमित यादव रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कीर्तिपुरस्थित त्रिवि खेल मैदानबाट ४ जनालाई पक्राउ गरेको हो ।

आज मंगलबार २ जना र हिजो सोमबार २ जनालाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले टोली नै खटाएको छ ।

नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु लिगका रूपमा सुरु भएको नेपाल प्रिमियर लिग ९एनपीएल० अवैध सट्टेबाजीका कारण विवादमा तानिएको छ । लिगलाई सहप्रायोजन गर्ने ‘उल्फ ७७७ न्युज’को पृष्ठभूमि अनलाइन सट्टेबाजी भएकाले प्रतियोगिता विवादमा परेको हो ।

नेपालमा कुनै पनि प्रकारको सट्टेबाजी प्रतिबन्धित छ । तर उल्फ७७७ ले भित्रभित्रै सञ्जाल विस्तार गर्न मिडियाका रूपमा एनपीएलमा उपस्थिति जनाएको छ । “एनपीएलमा अनलाइन सट्टेबाजी उल्फ७७७ लागिरहेको सूचनापछि हाम्रो टोली खटिएर निगरानी गरिरहेको छ,”

“एनपीएलमा अनलाइन सट्टेबाजीको कनेक्सन के हो कसरी भइरहेको छ, त्यसमा अनुसन्धान गर्न हामीलाई माथिबाट निर्देशन आएको छ,” कार्यालयका एक अधिकारीले भने ।

तपाईको बिचार