ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका वडा नं ७ गाम्नाङ्गटारमा पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । मंशिरको २१ गते देखी २३ गतेसम्म गाम्नाङ्गटारको ग्रामोदय युगकवि सिद्धिचरण माविको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।
‘युवा एकता लगनशिलता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सनराइज युवा क्लव लिखु गाउँपालिका – ७ ओखलढुंगाको आयोजनामा ग्रामोदय युगकवी सिद्धिचरण माविको खेल मैदान गाम्नाङ्गटारमा नाईन ए साईड खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले एक लाख एक हजार एक सय ११ रुपैया नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सनराईज युवा क्लबका अध्यक्ष राजेन्द्र बस्नेतले बताए ।
त्यस्तै प्रतियोगिताका उपविजेताले नगद ७५ हजार ५ सय ५५ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि अध्यक्ष बस्नेतले जानकारी दिए । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले पनि पुरस्कार प्राप्त गर्नेछन् । उनीहरुले क्रमशः नगद रु ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटनमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा हास्यकलाकारहरु सुुवोध गौतम, लक्ष्मण गाम्नागे,गायक लिला श्रेष्ठ, प्रकाश कटुवाल ,वालकुमार श्रेष्ठ, पूर्णकला विसी, अनिस दवाडी सिध्दार्थ आले मदन खत्री,कविता खत्री विष्णु रिजाल,मोडल रेविका श्रेष्ठ लगायतको प्रस्तुति रहने बताईएको छ ।
तपाईको बिचार