रविको राहदानी विरुद्धको मुद्दा आज सुनुवाइ हुँदै

रविको राहदानी विरुद्धको मुद्दा आज सुनुवाइ हुँदै

575

काठमाडौं । राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णय विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । युवराज पौडेल सफलले लामिछानेमाथि अनुसन्धान गर्न आदेश हुनुपर्ने माग सहित मुध्दा दायर गरेका थिए ।
सफलले महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशीमा तोकिएको हो ।
अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो । र, तहगत हुँदै तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत, २०७९ मा मुद्दा नचल्ने निर्णय गरेका थिए ।

उक्त निर्णयका विरुद्ध २० चैत,२०७९ मा दायर भएको रिटमाथि सुनुवाइका लागि पेशी तोकिने र पटकपटक सर्दै आएको छ ।

तपाईको बिचार