काठमाडौँ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ५ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् । एमाले उम्मेदवार गंगाबहादुर तामाङ कांग्रेस उम्मेदवार घनश्याम दाहाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन अधिकृतले औपचारिक घोषणा हुन बाँकी रहेको बताएका छन् ।
वडामा १२ सयभन्दा बढी मतदाता रहेकोमा ७६८ मतमात्र खसेको थियो । तामाङले ३९९ मत ल्याउँदा दाहालले १७७ मतमात्र पाएका छन् ।
त्यस्तै रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् । त्यहाँ यसअघि २०७९ को निर्वाचनमा कांग्रेसका गोपी कार्की निर्वाचित भएका थिए ।
तपाईको बिचार