काठमाण्डौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खा भत्किंदा ५ जना मजदुरको ज्यान गएको छ । सुनछहरी ३ बाहिरी गाममा निर्माणाधीन गाजधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका क्रममा बनाउँदै गरेको पर्खालले उनीहरू सबैलाई किचेको थियो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका ३ बाहिरी गाममा पर्खाल भत्किएर पुर्दा त्यही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६ वर्षीय देवीराम परियार र २७ वर्षीया आइती परियारको मृत्यु भएको हो । घटनामा एकैघरका ४ जनाको ज्यान गएको बताईएको छ ।
तपाईको बिचार