काठमाण्डौं । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रवार दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।
घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सुरु भएको छ । बसका चालक घोराही- १० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरी फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।
तपाईको बिचार