काठमाडौं । बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) लाई समर्थन गर्ने भएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले यही १६ मंसिरमा हुने स्थानीय तहको उपचुनावमा एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्षकी उम्मेदवार जवा शाहीलाई समर्थन गर्न निर्देशन दिएको हो ।
केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको सम्दर्भ उल्लेख गर्दै माओवादीका सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेलले एकीकृत समाजवादीकी उम्मेदवार शाहीलाई मतदान गर्न निर्देशन दिएका हुन् ।
स्वामीकार्तिकमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ मा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो ।
तपाईको बिचार