काभ्रेको भुम्लुमा पञ्चेबाजा प्रशिक्षण सुरु 

काभ्रेको भुम्लुमा पञ्चेबाजा प्रशिक्षण सुरु 

803

काभ्रेपलान्चोक । लोक परम्परागत बाजाको संरक्षणमा जिल्लाको भुम्लु गाउँपालिकाले चासो देखाएको छ। नेपाली लोक संस्कृतिकको संरक्षण र प्रबर्दन गर्ने उदेश्यले भुम्लु गाउँपालिकाले पञ्चेबाजा बजाउने कलाको प्रशिक्षण गराएको छ।

पञ्चेबाजा नेपाली लोकसंस्कृतिको मौलिक बाजा हो । यो बाजा लोप हुने हो कि ? भन्ने चिन्ता पनि बढदो छ। आधुनिकतासँगै परम्परागत पेसा छोड्दै जाने चलनले यस्ता बाजागाजाहरु समाजबाट लोप हुने सम्भावना रहेको छ। 

नेपाली पञ्चेबाजाको संरक्षण गर्ने र बाजा बजाउने कलाको तालिम दिन गाउँ पालिकाको सहयोगमा नेपाली पौराणिक पन्चेबाजा प्रशिक्षण दिन लागिएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिए । दस दिनसम्म चल्ने प्रशिक्षणको अध्यक्ष भुजेलले विधिवत उदघाटन गरेका थिए । 

गाउँपालिका अध्यक्ष भुजेलले सनाई र ढोलक बजाएर प्रशिक्षण कार्यक्रमको सुरुवात गरेका थिए । प्रशिक्षकहरु छिमेकी जिल्ला, सिन्धुली कलाघरका कलाकारहरु रहेका छन् । उक्त टोलिले पञ्चेबाजा बजाउने कला सिक्न चाहनेहरुलाई १० दिनसम्म पन्चेबाजा सिकाउने छन् ।

पञ्चेबाजा प्रशिक्षणले लोक संस्कृतीको संरक्षण र बिकासको साथै महिला सशक्तीकरणको अभियानलाई टेवा पुग्ने ,अध्यक्ष भुजेलले विश्वास  छ।

 

तपाईको बिचार