मानवता विरुद्ध हुने विभेदकारी कार्यहरु नै लैङ्गिक हिंसाका श्रोत हुन्

मानवता विरुद्ध हुने विभेदकारी कार्यहरु नै लैङ्गिक हिंसाका श्रोत हुन्

743
सीता ओझा
हिंसा भन्नाले  जो कोही मानिसलाई विना कारण अपमान,हेलाँ होचो, गालीगलौज, कुटपिट, जवर्जस्ती गर्नु / मानिसको इच्छा विपरीत कार्य गर्नु,गराउनु,गर्न प्रेरित गर्नु , विना कारण मन दुखाउनुलाई भनिन्छ ।
महिलामाथि हुने या गरिने सबै खाले अपमानजनक व्यवहार,चित्त दुखाउने काम, हेराइ,हुर्काइ र दैनिक  व्यवहारमा गरिने विभेद , अपमान ,कुटपिट र  बलात्कार आदि महिलामाथि हुने र गरिने महिला हिंसाका घटनाहरू हुन् ।
यस्ता हिंसाका घटना  कहाँ र कसरी हुने गर्छन ?
  घरपरिवारभित्र ,समुदाय र कार्यलयिय काममा महिलाको स्थान,परिचय अस्तित्व र भुमिकालाई अस्विकार गर्दा, गरिने हेलाँ  अपमान र विभेदपुर्ण व्यवहारको माध्यमबाट   गर्ने गालीगलौज,अपमान र कुटपिट नै  हिंसाका घटना हुन् ।विशेषगरी महिलाको भुमिका र अस्तित्वप्रति विश्वास नगर्ने कारण प्राय  : महिला हिंसामा पर्ने गर्छन् । जस्तै :  परिवारभित्र पतिले पत्नीलाई ,सासुले बुहारीलाई ,नन्द आमाजुले बुहारीलाई र बुहारीले सासू या नन्दआमाजुलाई या अन्य नाता सम्बन्धभित्र  कुनै  बहाना बनाएर हप्काउनु,अपमान,कुटपिट गर्नु गराउनुदेखि ,नजिकको नातासम्बन्ध ,छिमेकी,जानपहिचानको व्यक्तिबाट जिस्क्याउने,ऐना देखाउने,छुने या पिछा गर्ने सम्मका घटनाहरू महिलामाथि भएका हिंसा र बलात्कार हुनेसम्मका घटनाहरू महिलामाथि हुने  हिंसाका हिंसा र बलात्कारका घटनामा पर्दछन् ।
त्यस्तै विद्यालयका शिक्षक, विद्यार्थी,मित्र,कार्यलयको काममा नजिक रहने  सहयोद्धा, पदीयदायित्वमा वरिष्ठतम् व्यक्तिबाट पनि कामको सिलसिला जोडेर या अन्य बहानामा महिलामाथि  हिंसा हुने र गर्ने गरिन्छ ।  यस्ता प्रकृतिका घटनालाई कार्यस्थलमा हुने हिंसा हुनेगर्छ
परिवारभित्र अमैत्री वातावरण ,नाता सम्बन्धमा  उचनिच,परिचय ,स्थान, मान, र पहिचानको अस्विकारको कारण,व्यापारी दृष्टिकोणले,मदिराजन्य विज्ञापनमा महिलाको नङ्न तस्विर राखेर ,कार्यक्रमकको स्वागतको बहानामा ,खानाको सेवा र स्याहारसुसारमा महिलालाई प्रयोग गरेर पनि महिलामाथि नजानिदो तरीकाले हिंसा गरिरहेको भेटिन्छ ।
यस्ता हिंसाका घटना  कसरी  हुने गर्छन् ?

प्राय : एकान्त ठाँउमा  ,एक्लै पारे,माया गरेको देखाएर ,खानेकुरा ,पोशाक आदि अवसरको लोभमा पारेर  / जागिरको प्रलोभमा पारेर ,अपराधीक काम गराउन बाध्य पारेर ,सामाजिक प्रतिष्ठा बनाएर , नियमित चियो र चासो गरेर र यस्ता अनुकौं बहानामा महिला र बालिकामाथि  हिंसा गरिन्छ ।

हिंसामा को को पर्ने गरेका छन् ?

विशेषगरी महिला,बालबालिका ,अशक्त ,जेष्ठ ,अल्पसंख्यक ,लोपोन्मुख र गरिबीमा परेका नागरिकहरूलाई आफु समाजको संम्रान्त तथा पद,शक्ति र श्रोतले सम्पन्न भएको ठान्ने व्यक्तिले आफू भन्दा कम्जोरहरूलाई फरक र विभेदकारी व्यवहार मार्फत हिंसा गरिरहेका हुन्छन् ।

यस्ता हिंसाका घटना को बाट हुने गर्छ ?

आफ्नै घरपरिवार भित्र  हाडनाता या अन्यनाताभित्र जस्तै :  बाबुले छोरी ,ससुराले बुहारीलाई,दाजुले बहिनीलाई छिमेकी छिमेकीविच भएका  बलात्कारका घटना र पतिले पत्नीलाई अपमान,हेलाँ होचो र कुटपिट गरेको साथै सासुले बुहारीलाई व्यवहार र बोलिचालीमा अपमानजनक व्यवहार देखाएर , बुहारीले सासुमाथि अपमान र घृणा गरेर या खानपान लगायतमा विभेद गरेर यस्तै विभिन्न नाता र सम्बन्धभित्र , समुदायका समूह,गुठी इत्यादि मार्फत ,शक्ति संरचना र साधन श्रोतको परिचालनमा ठगि गरेर या सहभागी नगराएर हुने अपमान या अमर्यादित व्यवहार मार्फत  नै हिंसा  हुने गरेकाछन् ।
सामाजिकआर्थिक संस्था,राजनीतिक दल र संगठनहरूमा  पनि महिलालाई महिला भएको कारण  जिम्मेवारी,सहभागीता,अवसर, अविश्वास आदिमा बन्चित गराएर भएको हेपाई पनि महिलामाथि भएको हिंसा हो । राजनीतिक नेतृत्वको हेपाईको कारण पनि महिलाहरू राजनीतिक्षेत्रमा हिंसामा परेका छन्

को को बाट कसरी हुनेगर्छन् ?
  महिलाले काम गर्ने कार्यस्थलमा कामको सिलसिलासगँ जोडिएर, कार्य गरिरहँदा,सगैं हिड्नु पर्दा, अनेकौं फरक व्यवहार तथा आग्रह राखेर या विभेदपुर्ण ढङ्गबाट   गरिने बोलिचालि तथा फरक व्यवहार पनि महिला माथि भएका हिंसा हुन् । यी र यस्ता घटना कार्यलयीय कामसँग जोडेर नियमित सम्पर्क र सम्बन्ध कै कारण भएका छन् । त्यस्तै विधुतिय उपकरण मार्फत फोहोर शब्द प्रयोग गरेर चित्र या भिडियोको माध्यम बनाएर अनेकौं अश्लील फोटोहरू आदानप्रदान गरेर पनि महिलामाथि हिंसा गरिरहेको हुनसक्छ । वर्षौंदेखि इच्छा विपरित ,गुपचुपमा यौन सम्बन्ध राखेर गरिएको पनि महिलामाथि भएको  हिंसाजनक अपराध हो । यस्ता घटनाको न्युनिकरणको लागि कानुनी समाधान खोज्नुपर्ने हुन्छ ।
हामीले प्रयोग गर्ने देवालय,धर्भशाला र  पुजा गर्ने मन्दिरहरूमा विभिन्न बहानामा महिलामाथि शोषण गरिन्छ। जस्तै सन्तान प्राप्तिको विषय जोडेर,अन्धविश्वासका प्रचलनमा सरिक गराएर,गलत परम्पराको थालनी गराउन बाध्य पारेर ,बाँस र गाँसका काममा प्रवेश गराएर पनि महिलामाथि हिंसाका घटनाहरू भएको भेटिएको छ ।
व्यापारीक महलहरूमा विज्ञापन तथा अन्य व्यवसायको माध्यमबाट  मनोरञ्जनात्मक काममा प्रयोग गरेर यौनिक व्यवसायमा जवरजस्त सरिक गराएका घटनाहरू पनि प्रसस्तै भेटिएका छन् ।शैक्षिक संस्थाहरूमा बालिकामाथि  सहकर्मी ,शिक्षकहरूबाट तथा प्रधान अध्यापक स्वयंबाट हुने अभद्र गालीगलौज ,अपमानका घटनाहरू र यौनजन्य तथा अन्य दुर्ववहार पनि हिंसात्मक घटनाहरू नै हुन् । यस्ता तौरतरिका र व्यवहारले मानिसलाई अपमानित गराउनु सामाजिक अपराध पनि हो । पारिवारिक र सामाजिक काममा या धर्म,संस्कृति,संस्कारका नाममा हुने गरेका बलि,देउकी,झुमा,कुमारी,छाउ जस्ता  अनेकौं प्रचलनहरू छन् । यी र यस्ता अमानविय परम्पराहरू जस्ले मानव अस्तित्वको विकास र स्वतन्त्रतालाई जवरजस्ति गर्ने,गराउने वैयक्तिक स्वतन्त्रता र व्यक्तित्व विकासमा बाधा गर्ने प्रकृतिका सबै प्रचलनहरू  महिलामाथि हुने गरेका हिंसाका घटनाहरूमा पर्दछन ।

परम्परा देखि विकसित भएका कला,साहित्य र अन्य सृजनासगँ जोडिएर  बन्ने चित्रकला,मुर्तिकला बज्ने गीत र लेखिएका साहित्यले महिलालाई यौनिक मनोरञ्जनात्मक पात्र बनाउने विषयले पनि महिलामाथि हिंसा गरेको छ । महिलाको यौनिकताको अर्थ,वर्णको सुन्दरता र पहिरनसँग जोड्नु हुन्न । यसरी जोडिएका  प्रसस्तै हिंसाका घटनाहरू हाम्रो समाजमा हामीले नै गर्ने गरेका छौं । रङ्ग,वर्ण,लिङ्ग,क्षेत्र ,जात र यौनिकताको कारण हुने र गरिने फरक र विभेदकारी सबै व्यवहारहरूले हिंसा गरेको ठहर गर्दछ तर हामी नभनिकन विभेदकारी व्यवहार गर्ने गर्दछौ यो र यस्ता घटना सामाजिक अपराधमा पर्दछन् ।त्यस्तै  समाजमा बोक्सोबोक्सीको आरोप लगाउदै मलमुत्र खुवाउनु ,कुटपिट गर्नु गराउनु पनि हिंसा र सामाजिक अपराध हो । महिलाको पिछा गर्नु,एकोहोरो हेरिरहनु,छुनु,या छुन खोज्नु,लाडिएर नजिक पर्नु,औंला देखाएर झिस्काउनु,टाढाबाट ऐना देखाउनु ,यौनिक या अश्लील शब्द या उखानहरू प्रयोग गर्दै गफ या भाषणमा मचिनु पनि महिलामाथि हुने हिंसात्मक व्यवहार हो ।

महिला माथि हुने हिंसा

१ शारीरिक
२ मानसिक
३ धार्मिक
४ सांस्कृतिक – छाउपडी / कला साहित्य र गीत
५ मनोबैज्ञानिक – उमेर अनुसार गरिने दुर्ववहारहरू
६ यौनिक  – यौनजन्य तस्विरहरु
७ राजनीतिक  – निशेध ,अपमान

महिला हिंसाको अभियान कहिलेबाट सुरू भयो ?

झण्डै ६१  वर्ष अघि ल्याटिन अमेरिकाको डोमिनक गणराज्यका एकै परिवारका तीन दिदी बहिनी पेट्रिया,मिनर्भा र मारिया को तात्कालिन सरकारले सन १९६० नोभेम्बर २५ को दिन त्रिभुजो तानाशाही सरकारले  निर्ममता पुर्वक सामुहिक हत्या गरेको थियो । त्यहि हत्याको विरूद्धमा सन १९८१ देखि त्यो हिंसाको विरूद्धमा विरोध गर्न थालियो ।

सन १९९९ को डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको अधिकारसँग जोडेर अभियानको रूपमा मजाउन थालिएको हो । यो अभियान डिसेम्बर १० को दिन सकिन्छ । डिसेम्बर १०लाई विश्वभर  मानवअधिकार दिवसको रूपमा मनाउने गरिन्छ । महिला हिंसा विरूद्धको यो अभियानले महिलाको मानवअधिकारको संरक्षण गर्छ । महिलाको शान्ति ,सुरक्षा र बाच्न पाउने र हकअधिकार सम्बन्धि  अधिकार  महिलाको मानवसगँ जोडिन्छ । त्यसैले १० डिसेम्बरको दिन महिला हिंसा विरूद्धको यो अभियानको समापन गरिने गरिन्छ ।  नेपालमा यो अभियान सन १९९७ देखि गैर सरकारी संस्थाहरूले अभियानको रूपमा कार्यक्रम गर्न सुरुवात भयो । अहिले यो अभियानमा १४० देशहरूका  ३७०० संस्थाको सहभागीता रहेको छ ।

यो अभियान किन गर्न आवश्यक छ ?

मानव विरुद्ध हुने विभेदकारी कार्यहरु नै लैङ्गिक हिंसाका श्रोतहरु हुन्। महिला पहिले मानव हो । त्यसैले महिलासँग जोडिएका हरेक सहभागीताका विषयलाई  मानवीय हिसाबले हेर्नुपर्छ ।महिलामाथि हुने हिंसाको बारेमा सचेत हुन,सचेतना जगाउन ,महिला सम्बन्धि नीति नियमको प्रभावकारी कार्यनयन र दवावको लागि ,महिलाको जीवनको सुरक्षाको अवस्था बलियो बनाउन ,हिंसा नियन्त्रण र व्यवस्थापनमा सहयोग गर्न,महिलाको स्वतन्त्रताको हक कायम गर्न , प्राप्त महिला अधिकार र  सुरक्षाको प्रत्याभूति गर्न गराउन यो अभियान गर्न अनिवार्य देखिन्छ । त्यसैले सरकारका तीनै तह,सामाजिक सञ्जाल र महिला तथा मानवअधिकारसँग सम्बन्धित संघसंस्था र नागरिक समाजको अगुवाइमा यस्ता अभियानलाई अघि बढाउ, महिलामाथि हुनेहिंसाको अन्त्य गरौँ “

तपाईको बिचार