काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । प्रसाइँको रिटमाथि न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा आज सुनुवाइ हुने भएको हो ।
यसअघि आइतबार मंसिर ९ गते सर्वोच्च अदालतले विपक्षीलाई बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो । मंगलबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो ।
सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
तपाईको बिचार