विमला ढकाल
फेरी पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु १० डिसेम्बर सम्म विश्वभर मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।
नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरूमा महिलाहरूको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन । बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् ।
देशै भरि लैङ्गिक हिंसा बिरुद्धको अभियान सुरु भइरहँदा हिंसाका घटनाहरु पनि सार्वजनिक भैरहेका छन् । महिलाहरु बलत्कार, बहुबिवाह, मानव बेचबिखन, घरेलु हिंसा, बाल यौनदुराचार , लगायतका हिंसाका घटनाका शिकार भैरहेका छन् । हिंसा पीडितको न्याय र पीडकको कारवाहीको लागि कानूनी ब्यवस्था भएपनि बिभिन्न स्वरुपमा लैंगिक हिंसाका घटना घटिरहेको सन्दर्भमा हिंसा रोकथाममा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी र सार्थक बनाउन जरुरी छ । लैंगिक हिंसा लिङ्कका आधारमा गरिने हिंसा हो । महिला, पुरुष, तेश्रो लिङ्गी भएकै कारण हुने हिंसा लैङ्गिक हिंसा हो । लैंगिक हिंसा कानूनी अपराध हो ।
हिंसा ब्यक्तिको इच्छा बिरुद्धको शारीरिक तथा मानसिक पीडा दिने कार्य हो । लैगिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले हाम्रो जनजिव्रोमा लैंगिक हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने आउँछ । महिला हिंसा भन्नाले महिला भएकै कारण महिला माथी हुने सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसालाई बुझिन्छ । महिला हिंसाबाट जुनसुकै जातजाति समुदाय र वर्गहरू, ग्रामीण तहदेखि सहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुन बाध्य छन् । बिश्वमा यस्तो कुनै दिन छैन होला जुन दिन मानव त्यसमा पनि महिलाहरु कुनै न कुनै हिसावले हिंसामा नपरेका हुन ।
आजको एक्काईसौ शताब्दीमा पनि परापूर्वकालदेखि चलि आएका रुढिवादी सोच, गलत परम्परा, बिभेद लगायतका कारण महिलाहरु हिंसामा पर्ने क्रम रोकिएको छैनन् । यहि कुरालाई मध्यनजर राख्दै महिला समानता कायम राख्न र महिला बिरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि महिला लैंगिक बिरुद्धको अभियान संचालनमा ल्याइएको हो ।
के हो लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान ?
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ लैंगिक हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा यो अभियान विश्वका अधिकांश देशहरुमा मनाउने गरिन्छ ।
यस अभियानको सुरु सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको थियो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यति बेला महिला माथि हुने घरेलु हिंसा देखि लिएर राजनैतिक बन्दी र राजनैतिक हिंसा सम्मका बहसले स्थान पाएका थिए । यद्यपी हालसम्म पनि यस बहसले निरन्तरता पाइरहेको छ ।
नोभेम्बर २५ लाई महिला माथि हुने हिंसा विरुद्धको दिवसको रुपमा मनाउनुको पछाडी यसको छुट्टै इतिहास छ । यसको सन्दर्भ डोमिनिकल गणराज्यका एकै परिवारका ३ दिदी बहिनीहरुको हत्यासँग जोडीएको छ । मिरावल परिवारमा जन्मीएका ३ दिदि बहिनी राजनितिक कार्यकर्ता थिए । तत्कालिन त्रुजिलो तानाशाहि सरकारले सन १९६० मा उनिहरुको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनितिक हिंसाको प्रतिरुप मानिन्छ । सन १९२४ मा पेट्रिय १९२७ मा मिनर्भा र १९३५ मा मारियाको जन्म भएको थियो । यी तिनै जना दिदि बहिनीहरु आफनो मुलुकमा शिक्षित र सचेत महिलाका रुपमा परिचित थिए । अन्याय नसहने स्वभावका यी दिदी बहिनी तत्कालिन त्रिजिलो तानाशाहीका विरुद्धमा थिए ।
तत्कालिन सरकारले ति तिनै दिदी बहिनी र उनको परिवालाई राजद्रोहको आरोप लगाईएको थियो । उनीहरु पटक पटक जेल परेका थिए । यसै क्रममा सन १९३७ मा निरकुश सरकारका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने उदेश्यले डोमीनिकनको एउटा शहरमा विशाल भेलाको आयोजना गरिएको थियो ।
जुन बेलामा पेट्रीय, मिनर्भा र मरिया तिनै जनाले सम्बोधन गर्ने कार्यक्रम थियो । राज्यको हस्तक्षेपको कारण उक्त कार्यक्रम सफल हुन सकेन र पक्राउ परेका थिए । १९६० को शुरुवातमा त्यहाँको सरकारले उनीहरुलाई राजद्रोहिका रुपमा घोषणा गरयो । यसरी घोषणा गरेको ११ महिना पछि नोभेम्बर २५ का दिन उनीहरुको हत्या भएको थियो । उक्त हत्या पछि त्रुजिलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो र एक बर्षमा नै तानाशाहि त्रुजिलो सरकारको अन्त्य भयो ।
ति तिन दिदी बहिनीहरुको हत्यालाई महिला माथि हुने हिंसाका रुपमा लिईयो र उनीहरुको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तराष्ट्रिय जगतमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन थालीयो ।
भेदभावपूर्ण नीति, अभ्यास र मान्यता खारेजीको सबाल
नेपालमा जुनसुकै वर्ग, जातजाति, सस्कृति र राजनितिमा संलग्न महिला उपर महिला विरुद्धको हिंसा हुने गर्दछ । महिला विरुद्धको हिंसा मुख्यत लैङ्गिक भिन्नताका कारणले हुने गरेको छ ।
नेपालमा विद्यमान सामाजिक, राजनितिक, आर्थिक तथा सांस्कृतिक संस्कारका कारण महिलाले बलत्कार, यौन दुरव्यवहार, बालबिवाह, बहुविवाह, कुप्रथाजन्य वादि,देउकी, छाउपडि, झुमा, बोक्सी आदिबाट पिडीत हुन परेको अवस्था छ । यसरी महिला विरुद्ध हुने यस्ता हिंसाले देशव्यापी रुपमा जडा गाडेको छ । यस बाहेक महिलाहरु आर्थिक, सामाजिक, सास्कृतिक, राजैतिक लगायतका बिभिन्न स्वरुपमा हिंसामा पर्ने गरेको पाइन्छ । नेपालमा १६ दिने अभियान विशेष गरि १९९७ देखि विविध कार्यक्रमहरुको आयोजना गरि मनाउन थालिएको हो ।
सन २००६ मा महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघिय महासन्धी १९८९ को इन्छाधिन आलेखलाई अुनमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्ने अभियान रहेको र सन २००८ मा महिला माथि हुने घरेलु हिंसा नियन्त्रण सम्बन्धी कानुन पारित गर्ने विषयमा अभियान केन्द्रीत थियो । फौजदारी र मुलुकि अपराध संहिता लागु भै ति संहितामा उल्लेखिक कानूनी ब्यवस्थाले महिला हिंसाको रोकथाम र पीडितको न्यायको ब्यवस्था गरेको गरेको भए पनि हिंसाका घटनाले निरन्तरता पाइरहेका छन् । सन १९९७ देखि अहिले सम्म आइपुग्दा नेपालमा महिला माथि हुने हिंसाका सम्बन्ध व्यापक आवाज उठेका छन् । यो अभियानले महिला माथि हुने हिंसाका विरुद्ध खुलेर आवाजहरु बुलन्द हुन थालेका छन् ।
घर भित्र हुने हिंसालाई घर भित्र मात्र सिमित राख्न हुदैन भन्ने मान्यता विस्तारै स्थापित हुदै एको छ । महिला हिंसाबाट पीडितहरुलाई उद्दार तथा सहयोग गर्ने सरकारी निकाय र महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरु विच समन्वय र सहकार्यको संस्कृति अगाडी बढ्दै गएको छ ।
पीडितलाई न्याय दिलाउने सवालमा पनि सरोकारवालाहरु सकारात्मक बन्दै गएको अवस्था छ । लिंगका आधारमा महिला उपर हुने हिंसाको अन्त्यको् लागि पहिले आफैबाट सुरुवात गरि अरु सरोकारवाला निकायलाई पनि जिम्मेवार र दायित्व वहन गराउन सकेमा लैंगिक हिंसाका घटनामा निश्चय नै कमि आउने छन् ।
महिला विरुद्ध हुने हिंसा कुनै पनि अवस्था तथा परिस्थितिमा स्वीकार्य हुनेछैन, हिंसामुक्त घरपरिवार तथा समाज निर्माण गर्न चुनौती छ तर यो सम्भव तथा अत्यावश्यक छ, लिंगका आधारमा मानव बिरुद्ध हुने हिंसाको रोकथाम गर्नु प्रत्येक व्यक्तीको जिम्मेवारी हो’ भन्ने जस्ता नारालाई साकार पार्न जरुरी छ । यसका लागि हाम्रा धेरै समस्याको जड गरिबी र विपन्नतालाई पराजित गर्दै सभ्य समाज स्थापना गर्न महिलाविरुद्ध हुने सबै प्रकारका विभेद समाप्त गर्नुछ ।
संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेका महिलामैत्री सबै अन्तर्राष्ट्रिय प्रावधानको कार्यान्वयनमा सरकार र आमनागरिकले संयुक्त पहल गर्नुपर्ने आवश्यक छ ।
अझ पनि नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । साथै सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्ने जस्ता मुध्दाहरु ज्यूँकात्युँ छन् ।
तपाईको बिचार