काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटेलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । होटेल जन्मभूमिको कोठा नम्बर १२० मा झुन्डिएर मृत्यु भइसकेको अवस्थामा उनीहरूको शव भेटिएको हो ।
सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी शर्मिलाकुमारी माझीको शव होटेलको चौथो तलाको एउटै कोठामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ
तपाईको बिचार