नेपाल मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छ : उपप्रधानमन्त्री सिंह

नेपाल मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छ : उपप्रधानमन्त्री सिंह

897

काठमाडौं : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताउनुभएकाे छ ।

शनिबार छत्रपाटी नि: शुल्क चिकित्सालयमा आयाेजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्ताे बताउनुभएकाे हाे । ‘ मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,´ उहाँले भन्नुभयाे । परस्परकाे सहयाेगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयाेग गर्ने पनि उहाँले बताउनुभयाे ।

कार्यक्रममा काठमाडौँस्थित चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरिएकाे छ । उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयाे । ०१६ सालमा लाैहपुरूष गणेशमान सिंहले शिलान्यास गर्नुभएकाे चिकित्सालयले अहिले सुविधासम्पन्न अस्पतालकै रूपमा विकास भएकाेमा सिंहले खुशी व्यक्त गर्नुभयाे । ` ०१५ सालमा कांग्रेसकाे दुई तिहाइकाे सरकार बनेपछि ०१६ सालमा गणेशमान सिंहले शिलान्यास गर्नुभएकाे हाे ।
पुर्खाहरूले समुदायमा उपचारका लागि सानाे कामबाट शुरू गरेकाे काम अहिले सुविधासम्पन्न अस्पतालकाे स्वरूपमा आइपुग्दा खुशी लागेकाे छ´, सिंहले भन्नुभयाे ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयाे ।

काठमाडौं क्षेत्रपाटीमा रहेकाे चिकित्सालयले निशुल्लक विभिन्न स्वास्थ्य प्रदान गर्दै आएकाे छ ।

तपाईको बिचार