जथाभावी फोहोर गरेको भन्दै काठमाडौं महानगरले गर्यो एमालेलाई एक लाख जरिवाना

जथाभावी फोहोर गरेको भन्दै काठमाडौं महानगरले गर्यो एमालेलाई एक लाख जरिवाना

645

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) लाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा गरेको जागरणसभाको कार्यक्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको,वातावरण प्रदुषण गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकिएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिएका छन् ।

फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरले शुक्रबार एमालेलाई पठाएको पत्रमा उल्लेख छ ।

तपाईको बिचार