काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने बताएका छन् ।
कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘विआरआईबारे कांग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौं । हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौं’ उनले भने, चिनियाँ परियोजना विआरआईबारे कांग्रेसको दोहोरो नीति नभएको प्रष्ट पारेका छन् ।
‘चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन । अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान हुँदैन ।’
तपाईको बिचार