राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीचमा भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीचमा भेटवार्ता

785

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीचमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार भेटवार्ता भएको हो ।

सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेर कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को ८–११ मंसिर (२३–२६ नोभेम्बर) मा हुने ११ औँ प्लेनरी सेसनमा भाग लिन जान लाग्नुभएको हो ।

तपाईको बिचार