कविता- पवन

कविता- पवन

821

तारा तामाङ ( सुनाखरी )

आजकल शब्दहरू रिसाएका छन
लयहरूले पनि बग्न छोडेका छ ।
कहाँ पुग्यो त्यो शीतल पवन ?

जो मलाई छोएर त्यहाँ पुग्थ्यो।
मेरा शब्दहरूको बयान भन्दा
मीठो आभाष गराउने गर्थ्यो।
खै, कतै धमिलो भए भावहरू ।

ओझेल पर्यो सबै यादहरू ।
अनि कहाँ खोज्नु ती शब्दहरू ?
कहाँ सुनौँ ती लयहरू ?

तपाईको बिचार