नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान

नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान

654

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘कन्ट्री रेटिङ’ले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको बताएका हुन् ।

नेपालले बिहीबार पहिलोपटक कन्ट्री रेटिङको नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजाबारे जानकारी दिन मन्त्रालयले पत्रकार सम्मेलन गरेको हो । अर्थमन्त्री पौडेलले सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा भएको बताउँदै नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरे ।

‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं’ उनले भने । नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ ।

नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्रीको भनाइ छ ।

तपाईको बिचार