रास्वपा मकवानपुर सभापतिमा पुनः पराजुली

रास्वपा मकवानपुर सभापतिमा पुनः पराजुली

593

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा पुनः भरत पराजुली चयन भएका छन् । रास्वपा मकवानपुरको जिल्ला भेलाले पराजुलीको नेतृत्वमा नयाँसमिति चयन गरेको हो ।

समितिको उपसभापतिमा प्रकाश गौतम, सचिवमा सञ्जीव पाठक, सह-सचिवमा शान्ति थापा चयन भएका छन् । भने सदस्यहरुमा सरला कार्की, राजकुमार कार्की, रमेश कुमार थापा, बिवेक शर्मा कट्टेल चयन भएका छन् । भेलाले मकवानपुर क्षेत्र नम्बर १ र २ को संयोजक र १० वटै स्थानीय तहका सभापति र आमन्त्रित सदस्य २ गरी २३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

जिल्ला भेलाले निर्वाचन क्षेत्र नम्बर १ सभापतिमा टाकाराज थापा, उपसभापतिहरूमा अस्मिता न्यौपाने र सिसम माझी, सचिवमा किशोर अर्याललाई चयन गरेको छ ।

क्षेत्र नम्बर २ सभापतिमा निराजन बर्तौला, उपसभापतिमा शान्ता सत्याल विष्ट र सन्तोष बर्तौला चयन हुँदा सचिवमा राधिका सामरी पाण्डे चयन भएका छन् ।

रास्वपा मकवानपुरले १० वटै पालिकामा समिति गठन गरेपछि जिल्ला भेला आयोजना गरेको जनाएको छ । जिल्ला भेलाको उद्घाटन रास्वपा बागमती प्रदेश समितिका सभापति डा.अच्युतम् लमिछानेले गरेका थिए । भेलामा रास्वपा बागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्यालको पनि उपस्थिति थियो ।

तपाईको बिचार