काठमाडौं । नेकपा एमाले आज शक्ति प्रदर्शन गर्दैछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो । जसलाई एमालेको ‘शक्ति प्रदर्शन’को रुपमा हेरिएकोछ ।एमालेले सभामा एक लाख मान्छे उतार्ने जनाएको छ ।
विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन् । जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा संघ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।
सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको छ । कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले जागरण सभा उपत्यकाका तीन जिल्लाको एमाले तागत देखिने बताएका छन् ।
तपाईको बिचार