काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पूर्ण पाठ सार्वजनिक भएको छ। सर्वोच्च अदालतले बिहीबार उक्त फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठनको प्रक्रियाविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान रहेको पूर्ण इजलासले यो विवादमा २०८१ असार ११ गते फैसला सुनाएको थियो ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको दोस्रो मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गैरकानुनी भएको दाबी सहित उनले रिट दायर गरेका थिए । तर अदालतले रिट खारेज हुने फैसला सुनाएको थियो ।
पूर्णपाठ :
तपाईको बिचार