काठमाडौं । ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्षलाई दर्ज्यानी चिह्न दिने विषयको विरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेपछि अभियन्ता नेपाल पक्राउ परेका हुन् ।
‘भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथी दिने भए सोही दर्ज्यानी चिनियाँ जनमुक्ति सेनाका प्रमुखलाई पनि दिनुपर्यो भनेर विज्ञप्ति जारी गरेका थिए ।
अभियन्ता नेपालले विज्ञप्ति मार्फत् भारतीय सेनाध्यक्षकै हैसियतमा चिनियाँ सेना प्रमुखलाई पनि दर्ज्यानी चिह्न दिनुपर्ने भन्दै सरकार समक्ष माग गरेका छन् । उनी यसअघि पनि भारतीय उच्च अधिकारीहरुको नेपाल भ्रमणमा विरोध प्रदर्शन गर्दा पक्राउ परेका थिए ।
नेपालको गुमेको भूभाग फिर्ता पाउनुपर्ने र भारतसँग यसका लागि वार्ता गर्नुपर्ने उनले माग गर्दै आएका छन् । ग्रेटर नेपाल अभियानमार्फत् उनले सिक्किम, दार्जिलिङसहित तत्कालीन नेपालको भूभाग कायम हुनुपर्ने माग गर्दै आएका छन् ।
नेपाली सेनाले भारतीय सेनाध्यक्षलाई दर्ज्यानी चिह्न दिने परम्परा अनुसार भारतीय सेनाध्यक्ष यतिबेला नेपाल भ्रमणमा आएका छन् ।
शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए ।
तपाईको बिचार