काठमाण्डौं । सभामुख देवराज घिमिरे मंसिर ७ गते कम्बोडिया जाँदै छन् । इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस फोरमको निमन्त्रणमा सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन ( आइपिटिपी) मा सहभागी हुन उनी कम्बोडिया जान लागेका हुन् ।
कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदैछ। सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुने बताइएको छ ।
तपाईको बिचार