प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भयो कांग्रेसले दिएको ५० लाख

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भयो कांग्रेसले दिएको ५० लाख

795

काठमाण्डौं । नेपाली कांग्रेसले उपलब्‍ध गराएको ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ। गत असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर जनधनको क्षति भएपछि कार्यसम्पादन र संसदीय दल बैठक गरेर कांग्रेसले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सभापति देउवासहित नेताहरूले असोज २० गते प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय वाणिज्य बैंकको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। तर उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको नदेखिएपछि चर्चा चलेको थियो ।

तपाईको बिचार