काठमाडौंको बालकुमारीमा आगलागी चारवटा पसल जलेर नष्ट

काठमाडौंको बालकुमारीमा आगलागी चारवटा पसल जलेर नष्ट

745

काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा आगलागी भएको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो।

आगो निभाउन काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो। आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ सहित ४ बटा पसल जलेर नष्ट भएको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिए।

तपाईको बिचार