काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न र अनुसन्धान गर्न अनुमति दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलेसँगै अदालतमा पेस गरेको थियो ।
तपाईको बिचार