लेखनाथ सिकारू
काठमाडौं आज अन्तर्राष्ट्रिय बाल दिवस । नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व बाल दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘भविष्यका बारेमा सुन्नुहोस्ः बालबालिकाको अधिकारका पक्षमा उभिनुहोस्’ भन्ने तय गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउँदै आएका छन् ।
अन्तराष्ट्रिय बाल दिवसको अवसरमा विश्व भरी नै विभिन्न देशहरुमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था हरुले सेमिनार, गोष्टि र विभिन्न खेलकुदका कार्यक्रम का साथै सृजनात्मक कार्यक्रमहरुको आयोजना गरी बालबालिकाहरु लाई मनोरञ्जन गराउने सकारात्मक प्रयास गरेका हुन्छन । जसले गर्दा बालबालिकाहरु ले आफ्नो सृजना र क्षमताको प्रदर्शन गर्ने अवसर पाउनुको साथै यस दिन धेरै राहत र खुसीको महशुस गर्ने गर्दछन ।
बालअधिकारको संरक्षणका लागि परिणाममुखी कार्य गर्न सम्पूर्ण नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणको उच्च भूमिका आवश्यक छ । । त्यसैले बालअधिकार संरक्षण गर्न सबैको सहयोग र सहकार्य आवश्यक छ ।
संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा बिश्व भरीका बालबालीकाहरुको आधारभुत आवश्यक्ता हरु पुर गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरीएको हो । जसमा बालबालीकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।
बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् । यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायतका व्यवस्था छन् ।
बाल अधिकार अन्तरगत बाच्न पाउने अधिकार, खान पाउने अधिकाार, स्वच्छ पानी पिउन पाउने अधिकार, शिक्षाको लगी अधिकार, स्वस्थ्यको लागी अधिकार, सुरक्षा र स्वतंत्रताको अधिकार, पहिचानको लागी अधिकार र खेल्न पाउने अधिकाार लगायतका अधिकार हरु पर्दछन ।
बालबालिकाहरु भोलीको देशका भविष्य हुन । भोली बिश्व मै ठुला ठुला परिवर्तन ठुला ठुला आविष्कार गरी संसारलाई रुपान्तरण गर्न सक्ने क्षमता भएका आजका अवोध प्राणी हुन । उनिहरु को हिफाजत गरी उनीहरु को शारीरीक, मानसिक, सामाजिक र शैक्षिक बिकाशका लागी बिश्व भरीका देशहरु र प्रत्येक देशका प्रत्येक नागरीक हरुले आ आफ्नो तर्फबाट आ आफ्नो सहयोग पुर्यानु अपरीहार्य छ ।
अन्तराष्ट्रि बाल दिवसको मुख्य उदेश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिसां र दुब्यबहारहरु को निराकरण गरी उनिहरुको व्यक्तीत्वको बिकाश नरोक्किने खालको सहज परीस्थितीको जगेडा गर्नु हो ।
सिरिया देखि लिविया हुँदै बिश्वका हरेक कुना कुनामा बालबालिका लाई यो वा त्यो ढगंमा बालअधिकार उल्लघंन गरिन्छ । यसपाला हाम्रो देशमा पनि अरु बर्षभन्दा धेरै नै बालबालिका बिरुद्धका अपराधका घटना अनि बालबालिका हराएका, बेपत्ता पारिएका र हत्या गरिएका लगायतका घटनाहरु सुनिएको अनि देखिएको छ ।
बालबालिकाहरु का लागी काम गर्ने थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरु छन । ती निकायहरु सँगको तालमेलमा विश्वका प्रत्येक नागरीकले आ आफ्नो तर्फबाट सामाजिक, नैतीक, मानसिक वा आर्थिक पक्षबाट साथ सहयोग र समर्थन आवश्यक हुन्छ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ। नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई बिनाशर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो। महासन्धिका प्रावधानको कार्यान्वयनका लागि नेपालले संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमगत व्यवस्था गरेको छ।
सबै अवस्थाका बालबालिकाको आधारभूत आवश्यकता तथा अधिकार परिपूर्तिका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्था रहेका छन्। नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रुपमा लिइएको छ। धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरिएको छ। बालबालिकाको लागि विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा छ।
बालअधिकारका चार पक्ष
बालअधिकार महासन्धि गर्भदेखि १८ वर्षसम्मका बालबालिकाको अधिकार हो । महासन्धिमा उल्लिखित बालअधिकार का धाराहरूलाई सरल तरिकाले बुभ्न चार समूहमा बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार , विकासको अधिकार र सहभागिताको अधिकार , छोटोमा बा.सं.वि.स. विभाजित गरिएको छ । प्रारम्भिक उमेर गर्भावस्था देखि ८ वर्षका आवश्यकताका आधारमा यी चार समूहलाई निम्न रूपमा बुभ्न सकिन्छः
बाँच्न पाउने अधिकार –
बाँच्न पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार हो । गर्भदेखि नै बाँच्ने अधिकार सुनिश्चित गर्न, गर्भवती महिलाले विशेष स्याहारलगायत शिशुको सुरक्षित रूपमा जन्म गराउनुपर्दछ । जन्मेपछि जन्मदर्ता, स्तनपान, नियमित स्वास्थ्य परीक्षण, उमेरअनुसारको सुरक्षित पौष्टिक आहार, सुरक्षित पानी, खोप तथा प्राथमिक उपचारलगायतका दीर्घ जीवन तथा सर्वोत्तम हितको सिद्धान्तमा रहेर अभिभावकले बाँच्नको लागि आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्दछ ।
संरक्षणको अधिकार –
प्रत्येक बालबालिकाको लागि संरक्षणको अधिकार तथा अपाङ्गता भएका र अनाथ बालबालिकाको निम्ति विशेष व्यवस्था हुनुपर्छ । यसका लागि पनि गर्भदेखि गर्भवतीलाई तनावमुक्त वातावरण, गर्भ तुहिनबाट संरक्षण तथा जन्मपश्चात् पनि बढ्दो उमेर क्रमअनुसार भेदभाव, शोषण, हिंसा, दुव्र्यवहार, अपहेलना, बालश्रम, उत्पीडन, ओेसारपसार तथा बेचबिखन, बुबाआमाबाट अलग्गिनु पर्नेलगायतका जोखिमपूर्ण स्थितिबाट सुरक्षित हुन पाउनुपर्छ । बालबालिकामा यस्ता अवस्थाहरू आईपर्न नदिन पहिले अभिभावकहरू सचेत हनुुपर्ने तथा आईपरेको खण्डमा कानुनी संरक्षण प्राप्त हुनुपर्छ । साथै बालबालिकाको उचित स्याहारका लागि परिवारमैत्री वातावरण हुनुपर्छ ।
विकासको अधिकार –
प्रत्येक बालबालिकाले गर्भदेखि नै उत्प्रेरणा तथा जन्मपछि पनि उत्पे्ररणा, अन्तरक्रिया तथा सिकाइका अवसरहरू पाउनुपर्छ । बढ्दो उमेरक्रम अनुरुप शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासको अवसरहरू जस्तै खेल, अन्तरक्रिया, खोज, अनुभव, अनुसन्धान गर्न दिनु अभिभावकको जिम्मेवारी हो । उक्त वातावरणमा बालबालिकाले विकासको अवसर पाउनु अधिकार हो ।
सहभागिताको अधिकार-
प्रारम्भिक बाल्यावस्थामा बाल सहभागिताको सुरुवात गर्भावस्थादेखि नै गर्भवतीलाई घरका विभिन्न विशेष सामाजिक कार्यक्रम, चाडबाड तथा जमघटमा सहभागी गराएर, कुराकानी, निर्णय लिने कार्यहरूमा सहभागी गराएर गर्न सकिन्छ । यसैगरी उमेर क्रमअनुसार आआफ्नो धर्म संस्कृति, चाडपर्व, जात्रा, प्रारम्भिक बालविकास तथा शिक्षा वा बालविकास केन्द्रका कार्यक्रमहरू, विद्यालयका कार्यक्रम तथा समुदायका विभिन्न कार्यक्रमहरूमा उनीहरूको इच्छा अनुरुप सहभागिताको अवसर दिनुपर्छ । यो अभिभावकको दायित्व हो भने सहभागी भएर रमाउन पाउनु प्रत्येक बालबालिकाको अधिकार हो ।
बालबालिकाको रुचि बेग्लाबेग्लै हुन सक्छ । उनीहरूको रुचिअनुसारको सामग्री तथा क्रियाकलापको छनोट र सहजीकरण गर्न जरुरी हुन्छ । उनीहरूको रुचिअनुसारको क्रियाकलाप गर्दा सहभागिता र सिकाइमा पनि थप सहयोग पुग्छ । आफूलाई मन पर्ने र नपर्ने कुरा बालबालिकाले व्यक्त गर्न सक्छन् । उनीहरूको सहभागिता सुनिश्चित गर्नका लागि अभिभावक तथा शिक्षकले बालबालिकालाई बोल्न र छनौटमा प्रोत्साहित गर्नुपर्दछ ।
तर अहिले पनि नेपालमा बालबालिकाको जन्मदर्ता र पहिचानमा भएको कठिनाइ, यातना, घरेलु श्रम, जोखिमपूर्ण श्रम, यौन हिंसाको सिकार, शिक्षा र स्वास्थ्यबाट बञ्चित, बालबालिका विद्यालय बाहिर हुुनु, बिचैमा विद्यालय छोड्नेको सङ्ख्या नघट्नु, बेचबिखनको जोखिम, बाल न्यायको अभावलगायत समस्या छन् ।
‘अहिले पनि कारागारमा रहेका आश्रित बालबालिका मानव अधिकारको उपभोगबाट बञ्चिति, बाल सुधारगृह मानव अधिकारमैत्री नहुनु, दिवा खाजा मापदण्डअनुसार नहुनु, परिवार र समाजमा बालमैत्री वातावरणको अभाव र बालयौन दूराचारमा संलग्नलाई कानुनबमोजिम कारबाही हुन नसकेको आयोगको अनुगमनबाट पाइएको छ ।’
विश्वमा बालअधिकारको संरक्षणका लागि कानुन निर्माण र महासन्धि जारी भए पनि महासन्धि र कानुनले परिकल्पना गरेझैँ बालअधिकारको पूर्ण प्रत्याभूति हुनसकेको छैन । नेपालको संविधान २०७२ को धारा ३९ मा उल्लेखित बालबालिकाको हक, बालबालिकासम्बन्धी ऐन २०७५, बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ जस्ता राष्ट्रिय कानुन तथा नेपालपक्ष भएको बालअधिकार महासन्धि, १९८९ ले परिकल्पना गरेको अधिकारको प्रत्याभूति पूर्ण रुपमा हुन नसकेको यथार्थको परिणाम नेपालका बालबालिकाले पनि भोग्नु परिरहेको छ ।
बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मे हुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो यसमा सबै सरोकारबालाहरु सचेत हुनु जरुरी छ ।
तपाईको बिचार