काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यबसायी दुर्गा प्रसाईँका समर्थक भएको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको छ । नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । मंसिर ७ गते प्रसाईँ नेतृत्वको समूहले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ । उनीहरुले भड्काऊ पूर्ण आन्दोलन गर्नसक्ने आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाइँ साइबर अपराधको आरोपमा मंगलबार पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रसाईँलाई सीआईबीले पक्राउ गरेको थियो ।
तपाईको बिचार