काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घन्टी बजाउन आह्वान गरेको छ । आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई घण्टी बजाउन पार्टी कार्यकर्ता र समर्थकलाई रास्वपाले आग्रह गरेको हो ।
आम निर्वाचन सम्पन्न भएको दुई बर्ष पुगेको अवसरमा रास्वपाले साँझ ७ बजे सात मिनेट खबरदारी घन्टी बजाउन अपिल गरेको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
दुई वर्षअघिको आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरूआत भएको दिन भन्दै रास्वपाले यस्तो कार्यक्रम घोषणा गरेको हो ।
रास्वपाले भनेको छ, ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधविरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं ।’
बुर्लाकोटीले स्थापनाको करिब पाँच महिना मै राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदलाई जिताउने गरी करिब १२ लाख मत प्राप्त गरेको स्मरण गर्दै रास्वपाले शान्तिपूर्ण लोकतान्त्रिक विधिबाट प्राप्त मतलाई सम्मान गर्दै सदनलाई सदन जस्तो बनाउने गरी जनताका आवाजहरूलाई बुलन्द गरेको उल्लेख गरेका छन्।
साथै उनले सरकारमा गएर सरकारको प्रभावकारितालाई बढाउने र भ्रष्टाचार र व्यथितिलाई न्यूनीकरण गर्न भ्रष्टाचार विरुद्ध आन्दोलन नै सुरु गरेको दाबि गरेका छन्।
सरकारले आवाज उठाउनेहरुलाई विभिन्न बहानामा नियन्त्रणमा लिने सरकारको दूषित मनसाय देखिएको उल्लेख गर्दै बुर्लाकोटीले सरकारले एक हदमा भ्रष्टाचार भन्नै नपाउने र भ्रष्टाचारीको नाम उच्चारण गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको आरोप लगाएका छन्।
उनले भनेका छन् ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं।’
घन्टी बजाउँदै गरेको फोटो, भिडिओहरू सामाजिक सञ्जालमा अपलोड गरी खबरदारी गर्न पनि रास्वपाले भनेको छ ।
दुई वर्षअघि भएको आम निर्वाचनबाट रवि लामिछाने नेतृत्वको रास्वपा २० सीटसहित प्रतिनिधि सभाको चौथो शक्तिको रूपमा उदाएको थियो ।
तपाईको बिचार