काठमाडौं । भक्तपुरस्थित घरबाट पक्राउ परेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ । प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार प्रसाई विरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले सो मुद्दा चलाउने भएको हो ।
प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिका विरुद्ध सामाजिक सञ्जालमा भ्रम छरेको आरोपमा उनलाई पक्राउ गरीएको बताईएको छ । सोमबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रसाईले गलत प्रचार गरेका थिए । उनको दाबीमा सत्यता छैन सीआइबीले भनेको छ ।
तपाईको बिचार