काठमाण्डौं । अन्तर्राष्ट्रिय पुरुष दिवस । हरेक वर्ष नोभेम्बर १९ तारिखमा यो दिवस मनाइन्छ । सन् १९६० को दशकदेखि पुरुष दिवस मनाउन थालिएको हो । विशेषगरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइन्छ ।
हरेक वर्ष १९ नोभेम्बरमा मनाउने पुरुष दिवसको आसय प्रत्येक वर्ष फरक राखेर मनाइन्छ । यसवर्ष पुरुष दिवसको मुख्य आसय ‘वयस्क पुरुष र केटाहरूलाई फरक देखाउनु’ रहेको छ । यस विषयवस्तुले पुरुष र केटाहरूलाई महत्त्व दिन तथा पुरुष र केटाहरूको स्वास्थ्य कल्याणको क्षेत्रमा सुधार गर्न मानिसहरूलाई सक्षम पार्ने आवश्यकतामा केन्द्रित छ।
अन्तर्राष्ट्रिय पुरुष दिवस विशेषगरी पुरुषको स्वास्थ्य र लैङ्गिक समानतालाई प्रोत्साहन दिने मनाइने गरिन्छ । यो दिवस ८० बढी देशमा मनाइन्छ । यसलाई युनेस्कोले पनि समर्थन गरेको छ । विश्वभर यस दिवस मनाउँदा नेपालमा भने यस दिवसको प्रभाव खासै परेन ।
तपाईको बिचार