शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन ढुंगानाको योगदान अविस्मरणीय- प्रचण्ड

शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन ढुंगानाको योगदान अविस्मरणीय- प्रचण्ड

599

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गरेको बताएका छन् ।

सोमबार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुगेका उनले स्व. ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झी रहने बताए । दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय रहेको अध्यक्ष प्रचाण्डले बताए ।

‘उहाँ र पद्यरत्न तुलाधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय ठान्छु उनले भने ।

तपाईको बिचार