ओखलढुंगा जिसस प्रमुखमा एमालेले कांग्रेसलाई सघाउने

ओखलढुंगा जिसस प्रमुखमा एमालेले कांग्रेसलाई सघाउने

599

काठमाण्डौं । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा एमालेले उम्मेदवारी नदिएर कांग्रेसलाई सघाउने भएको छ । कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन्।
तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेदवार नउठाउने भएको हो ।

जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन्।

एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन्। जिससका मतदाता नै पालिका प्रमुख र उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ।

एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत अबको साढे दुई वर्ष जिसस प्रमुख बन्ने छन् ।

तपाईको बिचार