कैलाली। जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमाले र नेपाली कांग्रेस विच तालमेल हुने भएको छ । कैलाली जिससमा एमालेले कांग्रेसलाई सहयोग सहयोग गरेर जाने भएको छ।
मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्न सत्ता दल नेकपा एमाले र काँग्रेसबिच सहमति भएको हो ।
नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबिच सो सहमति भएको हो ।
कांग्रेसले प्रमुखमा टीका कुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा नेकपा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छिन् । २०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि निर्वाचन हुन लागेको हो ।
तपाईको बिचार